लकडाउनको समय घरभित्रै बसिदिने दार्जीलिङ पुलिसको अपील

0
1166

दार्जीलिङ, 22 जुलाईः भोलि अर्थात् बिहीवार (23 जुलाई) र आउँदो 25 र 29 जुलाईका दिन पश्‍चिम बङ्गालभरि पूर्ण लकडाउन हुनेछ।

दार्जीलिङका सदर थाना प्रभारी तीर्थ नाथले यसबारे जानकारी गराउँदै यस लकडाउनअवधिभरि सम्पूर्ण बजार, यातायात सेवा, सब्जी, माछा, मासुका दोकान आदि पूर्णरूपले बन्द रहने बताएका छन्।

यद्यपि, यसमा स्वास्थ्य सेवा, औषधि दोकान, अग्निशमन विभाग, पानी सर्वराह आदि भने खुल्ला रहनेछन्। यति मात्रै होइन, चियाबगान, कृषिको काम आदि पनि खुल्ला रहनेछन्।

यस लकडाउनअवधि पुलिसले कठोर सुरक्षाको व्यवस्था गर्ने भएको पनि उनले जानकारी गराए।

उनले दार्जीलिङ पहाड़भरिका जनतालाई कोरोना सङ्क्रमणबाट बच्नका लागि यस लकडाउनको समय घरभित्रै बसिदिने अपील गरेका छन्।

यसैबीच, आजदेखि दार्जीलिङ पुलिसले मास्क नलगाउनेहरू विरुद्ध कारबाही गर्न शुरू गरेको पनि बताए।

उनले भने, “कोरोना सङ्क्रमणले भयावह रूप लिइसक्दा पनि धेरैले मास्क लगाएका छैनन्, सामाजिक दूरीको नियमलाई पालन गरेका छैनन्। तर आफ्नो, परिवारका साथै सबैको ज्यान बचाउन सबैले सरकारले तय गरेको दिशानिर्देशलाई पूर्णरूपले पालन गरेको उचित हुनेछ।’’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here