विधानसभा चुनाउअघि तृणमूलमा फेरबदल गर्ने ममताको घोषणा

0
1084
ममता ब्यानर्जी (फाइल फोटो)

कोलकाता, 23 जुलाईः तृणमूल सुप्रिमो ममता ब्यानर्जीले 2021 को विधानसभा चुनाउमा ध्यानमा राखेर पार्टी सङ्गठनमा ठूलो फेरबदल गर्ने बिहीबार घोषणा गरेकी छन्।

ममताका अनुसार युवा एवं नयाँ अनुहारलाई नेतृत्वको जिम्मेवारी सुम्पिएको छ। पार्टी सूत्रले यसबारे जानकारी गराएको छ।

पार्टी सूत्रका अनुसार पार्टीको एक बैठकमा ममताले 21 सदस्यीय एक नयाँ प्रदेश समिति र सात सदस्यीय एक कोर समितिको घोषणा गरेकी छन्।

पार्टीका एक वरिष्ठ नेताले बताएअनुसार यसबाहेक हावड़ा, कोचबिहार, पुरुलिया, झाड़ग्राम र दक्षिण दिनाजपुरसहित धेरै जिल्लाका पार्टी अध्यक्षलाई पदबाट हटाइएको छ।

सूत्रका अनुसार युवा एवं नयाँ अनुहारलाई मौका दिएको छ। लक्ष्मी रतन शुक्ला, पार्थ प्रतीम राय, गुरुपद टुडु र महुआ मोइत्रालाई यी जिल्लाहरूका प्रभारीको बनाइएको छ।

स्रोतः नवभारत टाइम्स

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here