सिक्किममा थप 21 जना कोरोना सङ्क्रमित

0
1029

गान्तोक, 25 जुलाईः सिक्किममा आज नयाँगरी थप 21 वटा कोरोना सङ्क्रमणको मामिला प्रकाशमा आएको छ।

यसका साथै आजको दिनसम्म राज्यमा कुल कोरोना सङ्क्रमित 499 वटा मामिला पुगिसकेको छ, जसमध्ये 142 जना जाती भएर घर फर्किसकेका छन्।

अर्कोतिर, आजका दिनसम्म राज्यमा कोरोना भाइरसको एक्टिभ केस 357 रहेको छ।

आज एसटीएनएममा 20 र पश्चिम सिक्किमको आयुष अस्पतालमा 1 नयाँ मामिला भएको जानकारी स्वास्थ्य विभागका सचिवले दिएका छन्।

उल्लेखनीय छ, आज कोरोना सङ्क्रमित पाइएकाहरूमध्ये सन-फार्मा, एसटीएनएमको इमर्जेन्सी वार्डकी चिकित्सक, धोबीधारा, आरिथाङ, विशाल गाउँ, एसएसबी रिनाक, रोङ्ली, आईटीबीपी रे, एपिका गार्डन, नाम्ची, पश्चिम सिक्किमबाट एक, र चानाटारको कन्टेक्टबाट दुईजना रहेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here