कोलकाता, 30 जुलाईः पश्चिम बङ्गाल कङ्ग्रेसका प्रदेश अध्यक्ष सोमेन मित्राको अबेर राति हृदयाघातका कारण निधन भएको छ। पछिल्ला केही दिनदेखि उनी बिरामी थिए।
लामो समयदेखि धेरै बिमारले ग्रसित सोमेन मित्राको उपचार कोलकाताको एक नर्सिङ होममा चलिरहेको थियो। यद्यपि आज बिहान 1.30 बजी उनको 78 वर्षको उमेर निधन भयो।
अस्पताल सूत्रका अनुसार उनको कोरोना टेस्ट पनि गराइएको थियो। कोरोना टेस्टको रिपोर्ट नेगिटिभ आएको थियो।
अर्कोतिर, सोमेन मित्राका परिवारिक सूत्रका अनुसार उनलाई किडनी र मुटुसम्बन्धी बिमारका कारण अस्पतालमा भर्ना गरिएको थियो।
पश्चिम बङ्गाल कङ्ग्रेसले सोमेन मित्राको निधनमा शोक व्यक्त गरेको छ।
यसैगरी अखिल भारतीय कङ्ग्रेस समितिका प्रभारी गौरव गोगोईले पनि उनको निधनमा शोक प्रकट गरेका छन्।
कङ्ग्रेसका दिग्गज नेता एवं पूर्व सांसद सोमेन मित्राको जन्म 31 दिसम्बर 1941 भएको थियो।
उल्लेखनीय छ, उनी 1992-1996, 1996-1998 र सेप्टेम्बर 2018-मा यता गरी तीनपटक कङ्ग्रेसको बङ्गाल एकाइका अध्यक्ष रहेका थिए। त्यहीं मित्रा सियालदह विधानसभा क्षेत्रबाट सातपटक विधायक पनि निर्वाचित भएका थिए।
उनले प्रगतिशील इन्दिरा कङ्ग्रेस राजनीतिक पार्टी बनाउनका लागि 2008 मा कङ्ग्रेस त्यागेका थिए। पछि 2009 को लोकसभा चुनाउलाई ध्यानमा राखेर मित्राले आफ्नो पार्टीलाई तृणमूल कङ्ग्रेसमा विलय गरे। त्यसै वर्ष उनी डायमण्ड हार्बर संसदीय सिटबाट तृणमूल कङ्ग्रेसको टिकटमा चुनाउ जिते। मित्राले 2014 मा तृणमूल कङ्ग्रेस छोड़ेर पुनः कङ्ग्रेसमा सामेल भए।
2016 विधानसभा चुनाउअवधि पश्चिम बङ्गालमा माकपानेतृत्व वाम मोर्चा र कङ्ग्रेसबीच गठबन्धनमा उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।