गृह मन्त्रालयको पत्र गोर्खा जातिलाई महाधोकाः डा. मुनिष तामाङ

1
1023

दार्जीलिङ, 30 जुलाईः आउँदो 7 अगस्तका दिन गृह मन्त्रालयले दिल्लीमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन सम्बन्धित विषयहरूलाई डाकिएको समीक्षा बैठकलाई भारतीय गोर्खा परिसङ्घ (भागोप)-का कार्यकारी अध्यक्ष डा. मुनिष तामाङले ‘महाधोका’-को संज्ञा दिएको छ।

उनले भने, “गृह मन्त्रालयले जीटीएमाथि डाकेको समीक्षा बैठक पहाड़का जनतामाथि ठूलो धोका हो।”

तामाङका अनुसार पछिल्लो लोकसभा चुनाउमा पहाड़का जनताले जीटीएबारे समीक्षा बैठक गर्नका लागि भाजपालाई भोट दिएका होइनन्, न त पहाड़का जनताले जीटीए नै चाहेका हुन्।

“भारतीय गोर्खाहरू बङ्गालबाट अलग छुट्टै राज्य चाहन्छन्। यो हाम्रो संवैधानिक माग हो”, उनले थपे, “भाजपाले आफ्नो सङ्कल्प-पत्रमा समावेश गरेको दार्जीलिङ पहाड़को स्थायी राजनीतिक समाधान पनि जीटीए हुँदै होइन। हाम्रो मागअनुसार स्थायी राजनीतिक समाधान भनेकै छुट्टै राज्य या बङ्गालबाट हुनु हो।”

यद्यपि गृह मन्त्रालयले जीटीएकै लागि समीक्षा बैठक बोलाएपछि केन्द्रले जीटीए नै यथावत राख्न चाहेको स्पष्ट भएको डा. मुनिष तामाङको भनाइ छ।

‘‘यो बैठकहरूमा जस जसलाई बोलाइएको छ, उनीहरूले बैठकमा सहभागिता जनाए, उनीहरू पनि जीटीए नै यथावत् राख्ने पक्षमा छन् भन्ने स्पष्ट हुनेछ’’, उनले भनेका छन्।

1 टिप्पणी

  1. Ajuko dinma yesari achanak GTA KO samkxa baithak garnu vaneko sachainai gorkha jati prati thulo dhoka nai ho hami janatalay GTA sanchalan ko nimmita BJP lai vote diyera kadachit jitawna chayeko hoina yaha karoraw gorkha jati ko swabhiman tatha chinhariko kura xa tyo hills starko bureaucrats haru liyera Aja kendra lay hami sampurna Gorkhajatilai latyawnay saryantra nagaros sathai hamro agrimpankti ko neta vanawdaharu laypani afnu jatiko nimmata niji swartha tyagi samasta jati hith ma Kam garera udharan prastot gareko hunuparxa natra awdo vabishya ma awnay pirilay thukna naparos Jai Gorkha

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here