विमलपन्थी मोर्चाले पोस्टर टाँसेर भन्यो-अजय एड्वर्डले झट्ट बयान फिर्ता लिनुपर्छ

0
1333

खरसाङ, 31 जुलाईः गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटीका अध्यक्ष अजय एड्वर्डको बयानलाई विमलपन्थी गोजमुमोले तीखो शब्दमा भर्त्सना जनाउँदै उक्त बयानलाई एड्वर्डले झट्ट फिर्ता लिनुपर्ने बताएको छ।

यसै सन्दर्भमा आज विमलपन्थी मोर्चाले खरसाङमा पोस्टरिङ पनि गऱ्यो। पोस्टरमा कुरा राम्रो नबुझिकन हतारमा बयानबाजी गर्नु राजीतिक अपरिपक्वता हो भन्दै कसको नियत खराब छ, जनताले सबै बुझिसकेको बताइएको छ।

‘सानो-सानो कुरामा गोजमुमो (विमलपन्थी) पार्टीलाई मुछ्नु बन्द गर’, पोस्टरमा भनिएको छ, ‘अजय एड्वर्डले गोजमुमो पार्टीको विषयमा दिएको बयान झट्ट फिर्ता लिनुपर्छ।‘

यसैगरी पोस्टरमा विस्थापितहरूको चाहना जीटीए नभएर स्थायी राजनीतिक समाधानमार्फत् गोर्खाल्याण्ड राज्य निर्माण रहेकाले पार्टीले जीटीएको समीक्षा बैठक होइन तर स्थायी राजनीतिक समाधानमाथि वार्ता चाहेको पनि विमल गुरुङपन्थी मोर्चाले बताएको छ।

उल्लेखनीय छ, गृह मन्त्रालयले आउँदो 7 अगस्तका दिन जीटीए सम्बन्धी विषयहरूका लागि दिल्लीमा समीक्षा बैठक डाकेको पत्र सोशल मिडियामा भाइरल भएपछि तत्कालै गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटीका अध्यक्ष अजय एड्वर्डले पत्रकारहरूलाई सम्बोधन गर्दै विमलपन्थी मोर्चाले जनतालाई पुनः झुक्याएर जीटीए-4 का लागि खिचड़ी पकाइरहेको आरोप लगाएका थिए। यसअवधि गोरामुमो नेता एड्वर्डले विमलपन्थी मोर्चामाथि विभिन्न आरोप पनि लगाएका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here