गान्तोक, 31 जुलाईः पूर्व सिक्किमको छुजाचेन उच्च माध्यमिक विद्यालयमा स्थापित कोभिड केयर सेन्टरबाट 16 जना कोरोना सङ्क्रमित आज स्वस्थ भएर घर फर्केका छन्।
यस क्षेत्रका सङ्क्रमितहरूलाई यहाँ राखिएको थियो भने कुल 24 जना कोरोना सङ्क्रमित यस कोभिड केयर सेन्टरमा राखिएको थियो।
यी 24 कोरोना सङ्क्रमितमध्ये 16 जना जाती भएर फर्केपछि अब रहल 8 जना उपचाराधीन् छन्। प्रशासनद्वारा स्थापित यस कोभिड केयर सेन्टरमा विभिन्न सुविधाका साथ उपचार भइरहेको छ।
एसटीएनएम नगई सङ्क्रमितहरू यहीँबाट जाती भएर फर्किँदैछन्। 16 जनाको रिपोर्ट नेगिटिभ आएपछि आज उनीहरूलाई महकुमा अधिकारीको विशेष उपस्थितिमा एक सानो विदाई कार्यक्रमको आयोजन गरी घर पठाइएको छ।