गान्तोक, 31 जुलाईः सिक्किममा शुक्रबार कोरोना भाइरसका थप 29 नयाँ मामिला प्रकाशमा आएको छ।
स्वास्थ्य विभागका महानिर्देशक एवं सचिव डा. पेम्पा टी. भोटियाले जनाएअनुसार राज्यमा थप 29 नयाँ मामिला थपिएपछि कुल सङ्क्रमित सङ्ख्या 639 पुगेको छ, जसमध्ये 231 जना स्वस्थ भएर घर फर्किसकेका छन्।
अहिले राज्यमा कोरोना भाइरसको कुल एक्टिभ केस 407 रहेको छ।
आज सङ्क्रमित पाइएकाहरूमध्ये 25 जनालाई हिमालयन फार्मेसी इन्स्टिट्युट बोइज होस्टेल माझिटारमा बनाइएको कोभिड केयर सेन्टरमा राखिएको छ। त्यसैगरी अन्य 4 जनालाई एसटीएनएम अस्पतालमा पठाइएको छ।
अर्कोतिर आज राज्यमा 17 जना कोरोना सङ्क्रमित स्वस्थ भएर घर फर्केका छन्।