वन सहायकको नोकरीमा नेपाली भाषालाई अवहेलना

1
1399

दार्जीलिङ, 1 अगस्तः वन सहायकको अस्थायी नोकरीको नियुक्तिमा नेपाली भाषालाई अवहेलना गरिएको छ।

राज्यको वन विभागले दार्जीलिङ र कालेबुङलगायत राज्यभरि 2,000 वन सहायक नियुक्तिका लागि 22 जुलाईका दिन एक अधिसूचना जारी गरेको छ। तर, वन सहायकको नियुक्तिका लागि परीक्षामा कुल 100 अङ्कमध्ये 60 अङ्क बङ्ग्ला भाषा बोल्न र लेख्नका लागि छुट्टाइएको छ तर नेपाली भाषाको कुनै उल्लेख छैन।

जसका कारण वन सहायकको यस अस्थायी नोकरीबाट दार्जीलिङ र कालेबुङका नेपालीभाषी बेरोजगार युवाहरू विमुख हुने स्पष्ट छ।

वन सहायकको नियुक्ति कालेबुङ र दार्जीलिङ जिल्लाका वनहरूमा गरिने भए तापनि नेपालीभाषालाई उल्लेख नगरिनु नेपालीभाषा र नेपालीभाषी बेरोजगारहरूमाथि बेवास्ता र अन्यायकै रूपमा लिन सकिन्छ किनभने दार्जीलिङ र कालेबुङ जिल्लाका आवेदकहरूका लागि बाङ्ग्ला भाषा बोल्न र लेख्न अनिवार्य नरहेको कुरा आवेदन फारममा उल्लेख छैन।

अधिसूचनाका अनुसार वन सहायकको नियुक्ति पूर्ण रूपले अस्थायी हुनेछ। यसका लागि मान्यताप्राप्त कुनै पनि स्कूलबाट आठौं श्रेणी उत्तीर्ण गरेको हुनुपर्छ। नोकरीका लागि आवेदक 18 देखि 40 वर्ष उमेरबीचका हुनुपर्छ।

यसैबीच राज्यसभा सांसद शान्ता छेत्रीले यस विषयमा राज्यका मुख्य सचिव, सीसीसीएफ र वन मन्त्री राजीव ब्यानर्जीसँग कुराकानी गरी संशोधनको अनुरोध गरेको तथा उनीहरूले पनि यसलाई संशोधन गर्ने वचन दिएको बताएकी छन्।

1 टिप्पणी

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here