पहाड़को जुनै पनि समस्यालाई विकासले समाधान गर्ने ममताको दाबी

0
1159
वरिष्ठ समाजसेवी मेजर केपी मल्ललाई बङ्ग रत्नले सम्मानित गर्दै मुख्यमन्त्री

सिलगढ़ी, 21 जनवरी : राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले पहाड़को जुनै पनि समस्यालाई विकासको माध्यमबाट समाधान गर्ने बताएकी छन्। सोमवार कञ्जनजङ्घा स्टेडियममा उत्तर बङ्ग उत्सवलाई उद्घाटन गरेपछि संक्षिप्त सम्बोधनमा मुख्यमन्त्री यस्तो भनेकी हुन्।

उनले हिन्दीमा सम्बोधन गर्दै भनिन्, “तपाईंहरू (पहाड़का मानिस) राम्रोसँग बस्नुहोस्। शानसँग बस्नुहोस्। शान्तिसँग रहनुहोस्। पहाड़का जुनै पनि समस्या हामी विकास गरेर समाधान गर्नेछौं।”

उनले तृणमूल सरकारले पहाड़मा धेरै विकास गरेको र अझै विकास गर्ने दाबी गरिन्। साथै पहाड़लाई अशान्त बनाउने फेरि षड़यन्त्र भइरहेको बताइन्। पहाड़लाई पछिल्लोपटकको षड़यन्त्रबाट आफूले बाहिर निकालेको दाबी पनि ममताले गरिन्।

आफ्नो सम्बोधनमा ममताले मोदी सरकारमाथि पनि कटाक्ष गरिन्। उनले भनिन्, “भाजपाले केवल राजनीति गर्छ। काम गर्दैन, तर हामी काममा विश्वास गर्छौं। हामीले हाम्रो शासनकालमा धेरै विकास गरेका छौं।” उनले अब बङ्गाल दिल्लीमाथि निर्भर नहुने पनि बताइन्। उनले भनिन्, “हामीलाई दिल्लीको आवश्यकता छैन। विकासका लागि हामी आफै पर्याप्त छौं।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here