गृह मन्त्रालयले जीटीएसम्बन्धी विषयहरूको समीक्षाका लागि डाकेको बैठक स्थगित

0
1094

दार्जीलिङ, 1 अगस्तः गृह मन्त्रालयले गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए)-सम्बन्धी विषयहरूको समीक्षाका लागि आउँदो 7 अगस्तका दिन दिल्लीमा डाकेको बैठक स्थगित गरेको छ।

आज गृह मन्त्रालयले बैठक सूचना (मिटिङ नोटिस) जारी गरी उक्त समीक्षा बैठकलाई स्थगित गरिएको जानकारी गराएको छ।

गृह मन्त्रालयले पश्चिम बङ्गालका मुख्य सचिव, दार्जीलङका जिल्लापाल, जीटीएका प्रमुख सचिवलाई बैठक स्थगित गरिएकोबारे पत्र पठाइएको छ।

यसैगरी गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका चिफ एक्जुकेटिभको नाममा पठाइएको पत्र जीटीएका प्रिन्सिपल सेक्रेटरीलाई हस्तान्तरण गरिदिने अनुरोध गरिएको छ भने सोहीअनुसार गोर्खा जनमुक्ति मोर्चाका प्रतिनिधिलाई पठाइएको पत्र दार्जीलिङका जिल्लापाललाई हस्तान्तरण गरिदिने अनुरोध गरिएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here