कोरोना सङ्क्रमित कैदी बाटोबाटै भागे

0
1080

दार्जीलिङ, 2 अगस्तः कोरोना सङ्क्रमित एक व्यक्ति भागेका छन्। उपचारका लागि त्रिवेणी कोभिड अस्पताल लगिरहेको बेला जोरबङ्ग्लो थानाअन्तर्गत् तीन माइलमा पिसाब गर्ने बहाना बनाएर एम्बुलेन्सका चालकलाई झुक्याएर यी व्यक्ति भागेको जोरबङ्ग्लो थानाका अधिकारीले बताएका छन्।

जानकारीका अनुसार यो घटना आज अपराह्न करिब 4 बजेको हो।

रिम्बिक-लोधोमा समष्टिअन्तर्गत् लोधोमा ग्राम पञ्चायत-दुईस्थित छोटा हट्टानिवासी 48 वर्षीय यी व्यक्तिलाई जोरबङ्ग्लो पुलिस बल र वन विभागका कर्मचारी र  स्थानीय मानिसहरूले तीन माइल फरेस्टमा खोजिरहेको भए तापनि यो समाचार लेखुञ्जेलसम्म भेटाउन सकेको छैन।

जुन कोरोना सङ्क्रमित व्यक्ति आज आधा बाटोबाटै भागेका छन्, ती व्यक्ति पत्नीको हत्याको दोषमा जलपाइगढ़ी संशोधनगृह (जेलमा) आजीवन कारावासको सजाय भोगिरहेका छन्। पुलिसका अनुसार करिब 9 वर्षअघि यी व्यक्ति पत्नीको हत्यामा पक्रा परेका थिए।

पुलिसले दिएको जानकारीका अनुसार केही दिनअघि एक महिनाको प्यारोलमा यी व्यक्ति घर आएका थिए भने हिजो उनको कोरोना टेस्ट पोजिटिभ आएको थियो। त्यसपछि आज उनलाई उपचारका लागि त्रिवेणी अस्पताल लगिरहेको थियो भने आधा बाटोमै पिसाब गर्ने बहाना बनाएर भागेका हुन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here