रिब्दी-भरेङका सागसब्जी देखिनथाले सिक्किमका शहर बजारमा

0
1803

गान्तोक, 4 अगस्तः पश्चिम सिक्किमको दरामदिन समष्टिअन्तर्गत् रिब्दी, भरेङ, ओख्रे आदि ठाउँका कृषकहरूले आफ्नो कृषि उत्पादन सागसब्जीको बजार व्यवसाय गर्न शुरू गरेका छन्।

यसै गाउँका कृषकहरूले उत्पादन गरिएका आलु, बन्दकोपी, गाजर आदि राज्यका विभिन्न बजारमा पठाउने काम शुरू भएको छ।

स्थानीय बागवानी विभागका अधिकारी वाङ्दी शेर्पाले दरामदिन समष्टिअन्तर्गत् माथिल्लो भेकका जाँगरिला कृषकहरूले उत्पादन गरेको जैविक उत्पादन बजार आउनथालेको जानकारी गराएका छन्।

सिक्किमका विभिन्न बजारमा हाल यी ठाउँका कोपी, आलु र गाजर प्रचुर मात्रामा आउन थालेपछि कृषकहरूको आङमा घाम लागेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here