पूर्व मन्त्री श्यामल चक्रवर्तीको कोरोना भाइरसका कारण निधन

0
1292

कोलकाता, 6 अगस्तः राज्यका पूर्व मन्त्री एवं मार्क्सवादी कम्युनिस्ट पार्टीका वरिष्ठ नेता श्यामल चक्रवर्तीको 76 वर्षको उमेरमा निधन भएको छ।

पछिल्लो 30 जुलाईका दिन कोरोना भाइरस सङ्क्रमित रहेको पुष्टि भएपछि उनलाई अस्पतालमा भर्ती गरिएको थियो।

उनको निधनमा मुख्यमन्त्री ममता ब्यानर्जीले शोक व्यक्त गरेकी छन्। ममताले ट्वीट गर्दै भनेकी छन्, ‘पूर्व नेता, पूर्व सांसद र बङ्गालका पूर्व मन्त्री श्यामल चक्रवर्तीको निधनले दुःखी छु। उनका परिवार, मित्र र समर्थकहरूप्रति मेरो समवेदना छ।’

यसैगरी माकपाले ट्वीट गर्दै भनेको छ, ‘पार्टी श्यामल चक्रवर्तीको निधनमा गहिरो दुःख व्यक्त गर्दछ। कमरेड श्यामल एक अनुभवी ट्रेड युनियन नेता, पूर्व मन्त्री र सीपीआई (एम)–को केन्द्रिय समितिका सदस्य थिए। आज देशमा मजदुरवर्ग र वामपन्थी आन्दोलनले एक महत्त्वपूर्ण आवाज गुमाएका छन्।’

श्यामल चक्रवर्ती 1982 देखि 1996 सम्म तीनपटक राज्यका ट्रान्सपोर्ट मन्त्री तथा दुईपटक राज्यसभाका सांसद पनि बनेका थिए।

पार्टी सूत्रका अनुसार उनको आज अपराह्न करिब 1.30 बजी मृत्यु भएको हो। पछिल्ला केही दिनदेखि उनी भेन्टिलेटरमा थिए। पश्चिम बङ्गालमा कोरोना भाइरसका कारण ज्यान गुमाउने श्यामल चक्रवर्ती दोस्रो नेता हुन्। पछिल्लोपटक तृणमूल कङ्ग्रेसका विधायक तमोनाश घोषको पनि कोरोना भाइरसका कारण मृत्यु भएको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here