खरसाङ, 6 अगस्तः खरसाङ क्षेत्रमा थप 4 जना कोरोना सङ्क्रमित पाइएको छ, जसमध्ये एकजना खरसाङ अस्पतालका कर्मचारी हुन्।
जानकारीका अनुसार अन्य तीनजनामध्ये दुईजना स्प्रिङसाइडका तथा एकजना वार्ड नम्बर 20 को चानमारी क्षेत्रका हुन्। उनीहरू सबैको टेस्ट रिपोर्ट आज पोजिटिभ आएको हो।
प्राप्त जानकारीका अनुसार खरसाङ अस्पतालका जुन कर्मचारीको शरीरमा आज कोरोना सङ्क्रमण पाइएको छ, ती कर्मचारीले कोरोना भाइरससम्बन्धी मामिलाहरूको हेर्चाह गर्नेगर्थे।
यसभन्दा अघि खरसाङ अस्पतालकी एक नर्स र दुई कर्मचारी पनि कोरोना सङ्क्रमित बनेका थिए।
उल्लेखनीय छ, पछिल्ला केही दिनयता खरसाङ क्षेत्रमा कोरोना भाइरसको सङ्क्रमण बढ़्दै गइरहेको छ। अहिलेसम्म धेरै मानिस कोरोना सङ्क्रमित बनिसकेका छन्।
यसैगरी कोरोना भाइरसकै कारण खरसाङ क्षेत्रका दुईजनाको मृत्यु भइसकेको छ।