कालेबुङ, 10 अगस्तः 33 नम्बर समष्टिअन्तर्गत तनेकबाट विमलपन्थी मोर्चा त्यागेर 12 जना विनयपन्थी मोर्चामा सामेल भएको भन्ने दाबीलाई त्यस समष्टिका संयोजक रूफुस सुब्बाले झूटो र हास्यास्पद बताएका छन्।
विमलपन्थी मोर्चा नेता सुब्बाका अनुसार 12 जना त होइन, एकैजना पनि विमलपन्थी मोर्चा त्यागेर विनयपन्थी मोर्चामा सामेल भएका छैनन्।
‘33 नम्बर समष्टि तनेकबाट एकैजना विमलपन्थी पनि विनय-अनितपन्थी गोजमुमो (2)-मा गएका छैनन्। यो केवल चुनाउको नजिकमा जनता र युवाहरूलाई भ्रममा हाल्ने काम मात्र हो। र यो सही हो भने नामसहित तथ्य दिएको हुनुपर्छ’, उनले थप भनेका छन्, ‘जातीय अस्मितालाई पैसासँग साटेपछि गद्दारपन्थीहरूले चुनाउअघि विभिन्न झूटा खबर फैलाएर युवाहरूलाई दिग्भ्रमित पार्ने काम गरिरहेका छन्, जसको हामी घोर विरोध गर्दछौं।’
तनेकबाट केवल एकजनालाई काम र पैसाको लालच देखाएर लगेको तर उनी पनि विमलपन्थी नभएर एकजना खटिखाने चालक रहेको विमलपन्थी मोर्चा 33 नम्बर समष्टिका संयोजक रूफुस सुब्बाको दावी छ।
गोरामुमो नेता नीरज जिम्बा (फाइल फोटो)।खरसाङ, १५ नोभेम्बर : खरसाङ र कालेबुङमा जनताको नाममा टाँसिएको पोस्टरमा आफ्नो पार्टीका संस्थापक प्रमुख स्व. सुवास घिसिङ घिसिङको प्रसङ्ग उल्लेख भएकोले...
सिलगढी, ५ अक्टोबर : सुपरिचित साहित्यकार, नाटककार, नाट्यअभिनेता एवम् राजनीतिक चिन्तक पी. अर्जुन अब हामीमाझ सशरीर रहेनन्।
पारिवारिक सूत्रका अनुसार उनको आज अपराह्न करिब साढे...