कोरोना भ्याक्सिनः रूसले माऱ्यो बाजी

0
1770

मस्को, 11 अगस्तः  वैश्विक महामारी बनेको कोरोना भाइरसबाट निजात पाउनका लागि रूसले भ्याक्सिन विकसित गर्नमा सफलता प्राप्त गरेको छ।

आज (मङ्गलबार) राष्ट्रपति ब्लादिमिर पुतिनले यसलाई पुष्टि गरेका छन्। पुतिनका अनुसार भ्याक्सिनको पहिलो खोप आज ज-जसलाई लगाइएको छ, त्यसमा उनकै छोरी पनि छिन्।

उल्लेखनीय छ, कोरोना भाइरसको भ्याक्सिन विकाससँगै प्रयोगका लागि पनि आजैदेखि रजिस्टर्ड भएको छ।

रूसी राष्ट्रपतिले बताएअनुसार उनकी छोरीले पनि यस भ्याक्सिनको खोप लिएकी छन्। आज एक बैठकअवधि उनले यसबारे जानकारी गराए।

पुतिनका अनुसार परीक्षणमा यो भ्याक्सिन प्रभावी साबित भएको छ। र यो इम्युनिटी विकसित गर्नमा सहायक सिद्ध हुनेछ।

भ्याक्सिनका लागि धेरै आवश्यक परीक्षण गरिएको पनि पुतिनले बताए। रूसी राष्ट्रपतिले जानकारी गराएअनुसार उनका दुइ छोरीमध्ये एक छोरीले यो भ्याक्सिनको खोप लिएकी छन् र उनलाई कुनै प्रकारको साइड इफेक्ट भएको छैन। उनी पूर्ण रूपले ठीक छिन्।

रूसी अधिकारीहरूका अनुसार मेडिकल वर्कर्स, शिक्षकलगायत ती मानिसहरूमा सबैभन्दा पहिला खोप लगाइनेछ, जसमा कोरोना सङ्क्रमणको खतरा धेरै छ।

भ्याक्सिन विकसित गर्ने क्रममा नै मस्कोस्थित गामालेया रिसर्च इन्स्टिट्युटका वैज्ञानिकहरूले भ्याक्सिनको उत्पादन भएपछि सबैभन्दा पहिला खोप हेल्थ वर्कर्सलाई लगाउने बताएका थिए।

यसैबीच आउँदो सेप्टेम्बर महिनामा यो भ्याक्सिन ठूलो परिमाणमा उत्पादन गर्ने रूसले बताएको छ।

स्मरण रहोस्, यो विश्वको पहिलो कोरोना भाइरसको भ्याक्सिन हो, जसलाई रेगुलेटरी अप्रुभल प्राप्त भएको छ।

शुरूदेखि नै भ्याक्सिनलाई लिएर विश्वको दृष्टि रूसमाथि अड़ेको थियो। अन्त्यमा रूसले आफ्नो दावीलाई प्रमाणित गरेको छ। साथै वैश्विक महामारी बनेको कोरोना भाइरसविरुद्ध भ्याक्सिन रजिस्टर गर्न सफल बनेको छ।

अहिलेघरी विश्वका धेरै देशमा भ्याक्सिनको ह्युमन ट्रायल जारी छ। भारतसमेत ब्रिटेन, अमेरिका र चीन भ्याक्सिनको ह्युमन ट्रायलमा जुटेका छन्।

(स्रोतः दैनिक जागरण)

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here