प्रख्यात कवि एवं शायर डा. राहत इन्दौरीको कोरोना भाइरसका कारण निधन

0
1430

इन्दौर, 11 अगस्तः प्रख्यात शायर डा. राहत इन्दौरीको आज अपराह्न कोरोना भाइरसका कारण निधन भएको छ। उनी 70 वर्ष पुगेका थिए।

कोरोना सङ्क्रमित रहेको पुष्टि भएपछि उनलाई हिजो बिहान अरविन्दो अस्पतालमा भर्ना गरिएको थियो। कोरोना सङ्क्रमित रहेको जानकारी इन्दौरी स्वयंले ट्वीटमार्फत् दिएका थिए।

अरविन्दो अस्पतालका डा. विनोद भण्डारीले आज अपराह्न उर्दूका प्रख्यात कवि एवं शायर डा. राहत इन्दौरीको निधन भएको बताए।

उनका अनुसार आज दुईपटक हृदयाघात भएपछि यी लिजेन्डेरी शायरको मृत्यु भयो। उनलाई 60 प्रतिशत निमोनिया पनि थियो।

उनी पछिल्लो चार-पाँच महिनायता केवल नियमित जाँचका लागि मात्र घरबाट बाहिर निस्किने गर्थे। यद्यपि पछिल्ला चार-पाँच दिनदेखि उनी केही अस्वस्थ देखिएका थिए।

डाक्टरहरूको सल्लाहमा फोक्सोको एक्सरे गर्दा निमोनियाको पुष्टि भयो। त्यसपछि स्वाबको नमूना सङ्ग्रह गरी जाँच गर्दा कोरोना सङ्क्रमित रहेको पनि पुष्टि भएको थियो। डा. राहत इन्दौरीलाई मुटु र मधुमेहको बिमारी पनि थियो।

यसैबीच, मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले ट्वीट गरी उनको निधनमा गहिरो शोक व्यक्त गरेका छन्। यसैगरी कवि कुमार विश्वासले पनि डा. राहत इन्दौरीको निधनमा शोक व्यक्त गरेका छन्।

उल्लेखनीय छ, उनले हिजो ट्वीट गर्दै लेखेका थिए, ‘कोभिडको शुरूआती लक्षण देखिएपछि मेरो कोरोना टेस्ट गरिएको थियो, जसको रिपोर्ट पोजिटिभ आएको छ। अरविन्दो अस्पतालमा एडमिट भएको छु। प्रार्थना गरिदिनुहोस्, चाँड़ोभन्दा चाँड़ो यस बिमारीलाई हराउनु सकुँ।’

यद्यपि उनले कोरोनालाई जित्न सकेनन्। आज बेलुकी करिब 5 बजी उनको निधन भयो।

उनले बलिउडमा धेरै सुपरहिट गीत लेखे। सङ्ख्याकै हिसाबमा पनि उनले 40 भन्दा अधिक गीत लेखेका छन्। यद्यपि उनले शायरी लेखनमै उनले धेर रुचि देखाए।

यिनै प्रख्यात शायर डा. राहत इन्दौरीलिखित यो गजल जनसंवादका पाठकहरूका लागि यहाँ राखेका छौं-

ये हादसा तो किसी दिन गुज़रने वाला था

राहत इन्दौरी

ये हादसा तो किसी दिन गुज़रने वाला था
मैं बच भी जाता तो इक रोज़ मरने वाला था

तेरे सलूक तेरी आगही की उम्र दराज़
मेरे अज़ीज़ मेरा ज़ख़्म भरने वाला था

बुलंदियों का नशा टूट कर बिखरने लगा
मेरा जहाज़ ज़मीन पर उतरने वाला था

मेरा नसीब मेरे हाथ काट गए वर्ना
मैं तेरी माँग में सिंदूर भरने वाला था

मेरे चिराग मेरी शब मेरी मुंडेरें हैं
मैं कब शरीर हवाओं से डरने वाला था।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here