गान्तोक, 11 अगस्तः कोरोना भाइरसको नयाँ मामिलाभन्दा अस्पतालबाट स्वस्थ भएर घर फर्किनेहरूका सङ्ख्या बढ़्न शुरू भएको छ। राज्यका लागि यो ठूलो राहतको खबर हो।
आज पनि 24 जना स्वस्थ भएर घर फर्केका छन्। जसको कारण राज्यमा एक्टिभ केस घटेर 378 आइपुगेको छ।
अर्कोतिर, आज राज्यमा केवल 3 वटा नयाँ मामिला अघि आएको छ। तीनमध्ये दुई जना दक्षिण सिक्किम र एकजना पूर्व सिक्किमबाट रहेको स्वास्थ्य विभागद्वारा जानकारी गराइएको छ।
आज आएको तीनजनाको नयाँ रिपोर्टसितै राज्यमा एक्टिभ केस 378 रहेको छ भने अस्पतालहरूबाट स्वस्थ भएर घर फर्किनेहरूको कुल सङ्ख्या 534 पुगेको छ।