त्रिवेणी कोभिड अस्पताल, दार्जीलिङ र कालेबुङ अस्पतालले भेन्टिलेटर पाइसकेका छन्

0
1290

राजु बिष्ट

हाम्रा पहाड़का डक्टर, नर्स र अग्रिम पङ्क्तिका कर्मीहरू पनि कोभिड-19 पोजेटिभ सङ्क्रमित भएका छन् भनी मैले बारम्बार कुरा उठाएपछि बल्ल आज जीटीए बीओएका अध्यक्षद्वारा गरिएको स्वीकारोक्तिको म सह्रनी गर्दछु। उहाँद्वारा यो स्वीकार गरिनु र मानिनु सही दिशामा पहिलो पाइलो हो। किनभने आजसम्म पश्चिम बङ्गाल सरकारले हाम्रा अग्रिम पङ्क्तिका कोभिड कर्मीहरूका योगदानलाई लुकाउने प्रयास गर्दै आएको थियो। यी यस्ता सत्य तथ्यहरू हुन्, जो आज उहाँले स्वीकार गरेपछि जनतासामु यसको पुष्टि भएको छ।

हो, कोभिड जीवन र मृत्युको प्रश्न हो, र हाम्रा जनतालाई कोभिड मामिलाहरूको सङ्ख्या, यसबाट भइरहेका मृत्यु र यसको शृङ्खला तोड्नका लागि सारिएका पाइलाहरूबारे जानकारी पाउने पूरा अधिकार छ। ठीक यसैकारण मैले, गायब रहेका जीटीएका प्रतिनिधिहरूसमक्ष प्रश्न खड़ा गरेको थिएँ। जहाँसम्म मेरो कुरा छ, मेरा प्रश्नहरू ठीक निशानामा लागेका छन्, अनि तृणमूल कङ्ग्रेस तथा तिनका  समर्थकहरूलाई अप्ठ्यारो परेको हुँदा अब उनीहरूले जबाफ दिन जरूरी भएको महसुस गरेका छन्।

वास्तवमा, मेरोलागि भोट दिएका जनता मैले गरिरहेको कामबाट राम्ररी अवगत छन्, र जनता मेरो कार्यबाट खुशी छन् भन्ने मलाई ठूलो विश्वास छ। साँच्चै भन्ने हो भने, मलाई भोट नदिएकाहरू समेतलाई, म यहाँ राजनीति गर्न होइन, हाम्रो समाज र क्षेत्रको सेवाका लागि आएको हुँ भन्ने विश्वास भइसकेको छ। मैले हाम्रो जाति र हाम्रा जनताका आकाँक्षाहरूका साथ धोखा गर्ने छुइनँ, मैले हाम्रो साझा सपनालाई कहिल्यै बेच्ने छुइनँ, र केही बिकेका मान्छेहरूले गरिरहे सरह मैले मेरा आफ्नै जनतालाई यन्त्रणा दिने, डराउने-धम्काउने र पुलिसको प्रयोग गर्ने छुइनँ भनी अहिलेसम्ममा विश्वास भइसकेको छ।

म एकपटक फेरि दोहोऱ्याउन चाहन्छु, पहाड़मा आईसीएमआरद्वारा मान्यताप्राप्त कोभिड प्रयोगशालाहरूका लागि सबै आवश्यक अनुमति, पश्चिम बङ्गाल सरकार र जीटीएले यस्ता प्रयोगशालाहरूका लागि चाहिने योग्य एवं प्रशिक्षित स्टाफ तथा सुरक्षित पूर्वाधार प्रदान गर्नेछौँ भनेर लिखित रूपमा दिएको तीन दिनभित्रमा म उपलब्ध गराउने छु।

आजसम्म, मैले यस सम्बन्धमा न जीटीए, न त पश्चिम बङ्गाल सरकारबाट कुनै आवेदन प्राप्त गरेको छु। हाल जीटीए सञ्चालन गरिरहेकाहरूका वा पश्चिम बङ्गाल सरकारका कर्तुतहरूबाट स्पष्ट भएअनुसार, सामाजिक सञ्जालमा कराएर अनि चिच्याएर मात्रै, आफ्नै घोर अक्षमता, लापरवाही तथा उदासीनताका कारण उत्पन्न समस्याहरूको समाधान हुनेछैन।

जीटीए बीओएका अध्यक्ष,  30 बी, हरिश च्याटर्जी स्ट्रीट, कोलकाताको इसारामा नाच्न व्यस्त रहेका हुँदा, मलाई बाहिरको मान्छेको रूपमा प्रस्तुत गर्ने उहाँको हताशापूर्ण प्रयास पाखण्डपूर्ण छ। यो त्यही कथानक र विचार हो, जो पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीले गोर्खाहरूविरुद्ध प्रयोग गर्नुहुन्छ।

केन्द्र सरकारद्वारा हाम्रो क्षेत्रलाई एउटा काँटीसमेत उपलब्ध गराइएको छैन भनी आरोप लगाउनेहरूलाई थाह छैन होला, भारत सरकारले पीएम केयर फण्डमार्फत् पश्चिम बङ्गाललाई 300 भेन्टिलेटर पठाइसकेको छ। केन्द्र सरकारद्वारा पठाइएका 300 भेन्टिलेटरमध्ये 31 उत्तर बङ्गाल पुगिसकेका छन्, जसमध्ये कालेबुङ जिल्ला अस्पताल, त्रिवेणी अस्पताल, दार्जीलिङ र उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालले ती भेन्टिलेटर पाइसकेका छन्।

मैले करिब 2.5 करोड़ रुपियाँ बराबरको एमपीएलएडी प्रोजेक्ट (योजना) स्वीकृत गरिसकेको छु, हाम्रो पहाड़मा स्वास्थ्य पूर्वाधारमा सुधारका लागि 50 लाख रुपियाँ स्वीकृत गरिसकेपछि पनि पश्चिम बङ्गाल सरकारले ती फण्डहरू जारी गर्नमा किन ढिल्याइँ गरिरहेको छ भन्ने प्रश्न सोध्न सकिन्छ। यस सन्दर्भमा मैले पनि एक साता अघि नोडल अफिसरलाई किन अबेर हुँदैछ भनी प्रश्न गरेको थिएँ, जसको अहिलेसम्म कुनै जबाफ प्राप्त भएको छैन।

अन्त्यमा म जीटीए बीओएका अध्यक्षलाई के याद दिलाउन चाहन्छु भने मलाई हाम्रा जनताले पश्चिम बङ्गालमै सर्वाधिक धेरै भोट दिएर जुन आशा र आकाँक्षाहरूका साथ चुनेका हुन्, त्यसप्रतिको जिम्मेवारीहरूप्रति म अत्यन्तै सचेत छु। यही कारण हो, अहिले म मन्त्रीहरूलाई भेट्ने, संसदीय समितिका बैठकहरूमा भाग लिने र हाम्रा जनता र क्षेत्रका राम्रो र उज्ज्वल भविष्य सुनिश्चित गर्ने दिशामा आफ्नो 100% योगदान गरिरहेको छु। जनताद्वारा चुनिएको प्रतिनिधिले जनताको विश्वास, आफ्ना जिम्मेवारीहरू र कर्तव्य परिपूर्तिको वास्तविक अर्थ बुझेको हुन्छ। तर, केही पद र विशेषाधिकारका लागि मात्र छानिएका क्षमताविहीन व्यक्तिहरूले यो कुरा कहिल्यै बुझ्न सक्दैनन्। उनीहरूको एकमात्र लक्ष्य उनीहरूका स्वामीहरूलाई खुशी पार्नु हुन्छ, जो दुःखद र लज्जास्पद दुवै हो जस्तो मलाई लाग्छ।

जेहोस्, म, आईसीएमआरद्वारा मान्यताप्राप्त जाँच प्रयोगशालाहरूको स्थापनाका लागि जीटीए र पश्चिम बङ्गाल सरकारबाट विस्तृत लिखित आवेदनको उत्सुकतापूर्वक प्रतीक्षामा छु। उनीहरूले यस्तो आवेदन भोलिसम्ममा मलाई पठाउनेछन् भन्ने आशा र प्रार्थना गर्दछु। 

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here