अन्ततः यसरी पक्रा परे भीम राई

0
1053

दार्जीलिङ, 13  अगस्तः अन्ततः कोरोना सङ्क्रमित भीम राई पक्रा परेका छन्।

पछिल्लो 2 अगस्तका दिनका दिन उपचारका लागि त्रिवेणी कोभिड अस्पतालमा लैजाने क्रममा शौचको बहाना बनाएर जोरबङ्ग्लो थानाअन्तर्गत तीन माइलको गड्डीलाइनबाट भागेका रिम्बिक-लोधोमा समष्टिअन्तर्गत छोटाहट्टानिवासी 53 वर्षीय भीम राई आज पक्रा परेका हुन्।

भीम राई बाटैबाट भागेकै दिनदेखि उनको खोजी कार्य लगातार चलिरहेको थियो। बीच बीचमा प्रशासन प्रशासनले रौंचिरा अभियान चलाए तापनि उनको कुनै पत्तो भने सकेको थिएन।

यसैबीच, पुलिसले भीम राईको पत्तो लगाउन तथा पक्रा गर्न स्निपर डगको सहायता पनि लिएका थिए, तर सफलता शून्यै रहेको थियो। यद्यपि करिब 11 दिनपछि पुलिस प्रशासन, वनविभागका कर्मीहरू र गाउँलेहरूको कठोर मिहिनेतपछि आज यी कोरोना सङ्क्रमित भीम राईलाई पक्रा परिछाड़े।

यसरी पक्रा परे भीम राई

आज बिहान करिब 10.30 बजीतिर दार्जीलिङतर्फ गइरहेका एक वाहन चालकले भीम राईलाई जोरबङ्ग्लो अस्पताल डाँड़ामा भीम राईलाई देखे।

ती चालकले लुगा र झोलाबाट उनलाई चिनिहाले। चिनेपछि ‘भीम बड़ा कता जानु भएको’ भनेर चालकले तत्कालै सोधे। आफूलाई चिनेको थाह पाएपछि उनी फेरि जङ्गलतर्फ भागे। यसपछि ती चालकले गाउँका केटाहरूलाई भीम राई देखापरेको खबर गरे। यसको जानकारी उनले जोरबङ्ग्लो पुलिसलाई पनि दिए।

गाउँका तीन युवकले कोरोना सङ्क्रमित भीम राई समात्न पछ्याए। जोखिम उठाएर यी तीन युवक रागेरुङदेखि केही तल रूङ्दुङ खोलाको जङ्गलमा भीम राईको नजिकसम्म त पुगे तर सुरक्षा उपकरणको अभावका कारण समात्न भने सकिहालेनन्, किनभने कोरोना सर्ने उनीहरूलाई डर थियो।

त्यसपछि सुरक्षा उपकरणसहित पुलिसकर्मी र वन विभागका कर्मीहरू त्यस ठाउँमा पुगेपछि धेरै लामो मिहिनेतपछि अपराह्न करिब 5 बजीतिर भीम राईलाई समात्न सकिएको हो। यो समाचार लेखुञ्जेलसम्म राईलाई पुलिस प्रशासनले दार्जीलिङतर्फ ल्याइरहेको छ।

 को हुन् भीम राई?

53 वर्षीय भीम राई रिम्बिक-लोधोमा समष्टिअन्तर्गत रहेको छोटाहट्टानिवासी हुन्। 2011 सालमा आफ्नी पत्नी हत्या गरेको दोषमा जलपाइगढ़ी संशोधनगृह (जेल)-मा उनले आजीवन कारावासको सजाय भोगिरहेका थिए। यसैबीच एक महिनाको प्यारोलमा उनी जुलाई महिनाको अन्तिम साता छोटाहट्टा आएका थिए।

यसैबीच, पछिल्लो 31 जुलाईका दिन कोरोना टेस्ट पोजिटिभ आएपछि उनलाई 2 अगस्तका दिन उपचारका लागि त्रिवेणी अस्पताल लगिरहेको बेला बाटोबाटै भागेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here