गान्तोक, 14 अगस्तः शुक्रबार बिहान सिक्किममा कोरोना भाइरसका एकैचोटि 145 नयाँ मामिला प्रकाशमा आएको छ।
यी 145 नयाँ मामिलामध्ये 142 मामिला अल्केम फार्मास्युटिकल कम्पनी, 2 वटा मामिला स्वीस गार्नियर फार्मास्युटिकल कम्पनी तथा एउटा मामिला युभेण्ट्स फार्मास्युटिकल कम्पनीबाट रहेको बताइएको छ।
अल्केम फार्मास्युटिकल कम्पनी दक्षिण सिक्किमको समरदुङमा अवस्थित छ। स्वीस गार्नियर फार्मास्युटिकल कम्पनी पनि दक्षिण सिक्किमै रहेको बताइएको छ। युभेण्ट्स फार्मास्युटिकल कम्पनी भने पूर्व सिक्किममा छ।
उल्लेखनीय छ, हिजो राज्यमा केवल 2 वटा मामिला प्रकाशमा आएको थियो आज बिहान यो सङ्ख्या ह्वात्तै बढ़ेर 145 पुगेको छ।
अर्कोतिर पछिल्लो 10 अगस्तको राति अल्केम फार्मास्युटिकल कम्पनीका 29 जना कर्मचारी भागेर रम्फू पार गरिरहेको बताइएको छ। यी कर्मचारीहरू क्वारेन्टाइन बसेको गेस्टहाउसबाट भागेको बताइएको छ।
यससम्बन्धमा नाम्चीका महकुमा अधिकारीले थानामा प्राथमिकी दर्ता गरेका छन्।