नयाँ दिल्ली, 15 अगस्तः महेन्द्र सिंह धोनीपछि सुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको घोषणा गरेका छन्।
मध्यमक्रमका ब्याट्सम्यान सुरैश रैनाले सोशल मिडियामार्फत् संन्यासको घोषणा गरेका छन्।
धोनीले संन्यासको घोषणा गरेको केही क्षणपछि नै रैनाले पनि सोशल मिडियामा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको घोषणा गरेका हुन्।
संन्यासको घोषणासँगै सुरेश रैनाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक तस्वीर शेयर गरेका छन्। यस तस्वीरमा उनले लेखेका छन्, ‘माही तपाईंसँग खेल्नु राम्रो थियो। दिलबाटै गर्व साथ, म तपाईंको यो यात्रामा सामेल हुन चाहन्छु। थ्याङ्क यू इन्डिया। जय हिन्द।’
रैनाले धोनीसँग टिम इन्डियाबाट मात्र होइन, तर चेन्नई सुपर किङ्ग्सबाट पनि धेरै म्याच सँगै खेलेका छन्। यद्यपि धोनीजस्तै रैना पनि धेरै लामो समयदेखि टिम इन्डियादेखि बाहिर थिए।
आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करिअरअवधि सुरेश रैनाले 18 टेस्ट म्याच खेलेका छन्, जसमा उनले एक शतकसहित 768 रन बनाएका छन्।
यसैगरी उनले 226 एकदिने म्याच खेलेका छन्, जसमा 5 शतकसहित 5,615 रन बनाएका छन्।
अर्कोतिर रैनाले टिम इन्डियाका लागि 78 टी-20 म्याचमा खेल्दै 1,604 रन बनाएका छन्, जसमा एक शतक पनि सामेल छन्।
अहिले 34 वर्ष पुगेका रैना मध्यक्रममा उपयोगी ब्याटिङका लागि मात्र होइन, तर फूर्तिलो क्षेत्ररक्षण (फिल्डिङ)-का लागि पनि परिचित छन्।
उनले 30 जुलाई 2005 –मा श्रीलङ्काविरुद्ध म्याच खेली अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गरेका थिए।