उत्तरप्रदेशका मन्त्री एवं पूर्व क्रिकेटर चेतन चौहानको निधन

0
1485

लखनउ, 16 अगस्तः उत्तर प्रदेशका मन्त्री एवं पूर्व क्रिकेटर चेतन चौहानको आज 73 वर्षको उमेरमा निधन भएको छ।

कोरोना सङ्क्रमित बनेपछि उनी केही दिनअघि गुरुग्रामस्थित मेदान्ता अस्पतालमा भर्ती भएका थिए। उपचारअवधि किडनी फेल भएपछि आज अपराह्न उनको मृत्यु भएको हो।

यसभन्दा अघि पछिल्लो 2 अगस्तका दिन योगी सरकारकै मन्त्री कमल रानी वरुणको पनि कोरोना भाइरसका कारण निधन भएको थियो।

यसैबीच, चौहानको निधनमा मुख्यमन्त्री योगी आदित्यनाथले गहिरो दुःख व्यक्त गरेका छन्।

अर्जुन पुरस्कारले सम्मानित चेतन चौहान कुनै समय भारतीय क्रिकेट टिमका महत्त्वपूर्ण खेलाड़ी थिए। उनी टिम इन्डियाका प्रारम्भिक ब्याट्सम्यान थिए। क्रिकेट छोड़ेपछि राजनीतिमा प्रवेश गरेका चौहान 1991 देखि 1998 सम्म सांसद पनि निर्वाचित भएका थिए।

भाजपामा सामेल भएपछि चौहान यूपी सरकारमा सैनिक कल्याण, होमगार्ड्स, प्रान्तीय रक्षक दल र नागरिक सुरक्षा मन्त्री बनेका थिए।

उत्तर प्रदेशको अमरोहाबाट सांसद रहेका उनी यसै क्षेत्रको नोगाउँ सहादातबाट पछिल्लोपटक विधायक निर्वाचित भएका थिए।

उल्लेखनीय छ, चेतन चौहानको मृत्युसँगै कोरोना भाइरसका कारण यूपी सरकारका दुई मन्त्रीको निधन भइसकेको छ।

यसैगरी केही दिनअघि मात्र राज्यका कानून मन्त्री ब्रजेश पाठक पनि कोरोना सङ्क्रमित पाइएको छ।

अर्कोतिर, योगी सरकारका खेल मन्त्री उपेन्द्र तिवारी, जेल मन्त्री जय प्रताप सिंह, राजेन्द्र प्रताप सिंह, धर्म सिंह सैनी, क्याबिनेट मन्त्री मोती सिंह र महेन्द्र सिंह पनि कोरोना सङ्क्रमित बनेका थिए, तर उनीहरू उपचारपछि स्वस्थ भएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here