क्रामाकपाले भन्यो- पीपीएस कहिले? हामीलाई चाहियो अहिले

0
1092

कालेबुङ, 17 अगस्तः केन्द्र सरकारले दार्जीलिङ पहाड़, तराई अनि डुवर्सका लागि सङ्कल्प-पत्रमा प्रतिबद्धता जनाएरअनुसार स्थायी राजनीतिक समाधानका लागि यथाशीघ्र पहल गर्नुपर्ने माग क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा)-ले गरेको छ।

आज (सोमबार) क्रामाकपाको कालेबुङ आञ्चलिक समितिले बजारमा पोस्टरिङ गरी यस्तो माग गरेको हो।

‘पीपीस कहिले? हामीलाई चाहियो अहिले’, पोस्टरमा भनिएको छ, ‘अब आश्वासन होइन काम गर। छुट्टै राज्यको प्रक्रिया झट्ट शुरू गर।’

त्यस्तै अर्को पोस्टरमा भनिएको छ, ‘देशलाई स्वनिर्भर र आत्मनिर्भर बनाउन चाहने मोदी सरकारले गोर्खाल्याण्ड गठन गरेर गोर्खाहरूलाई पनि आत्मनिर्भर बनाऊ।’

यसैगरी केन्द्र सरकारले सङ्कल्प पत्रमा उल्लिखित स्थायी राजनीतिक समाधानमाथि झट्ट पहल शुरू गर्नुपर्ने क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टीको माग छ।

अर्कोतिर, यससम्बन्धमा बोल्दै क्रामाकपा आञ्चलिक समितिका संयोजक विक्रम छेत्रीले पोस्टरिङ कार्यक्रम पूर्ण रूपले कालेबुङ आञ्चलिक समितिको रहेको खुलाए।

उनका अनुसार स्थायी राजनीतिक समाधानमार्फत् छुट्टै राज्यको मागलाई टेवा पुऱ्याउनका लागि आज पोस्टरिङ कार्यक्रम गरिएको हो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here