प्रख्यात शास्त्रीय गायक पण्डित जसराजको निधन

0
1466

नयाँ दिल्ली, 17 अगस्त: प्रसिद्ध शास्त्रीय गायक पण्डित जसराजको आज हृदयाघातका कारण मृत्यु भएको छ। उनी अमेरिकाको न्युजर्सीमा थिए।

उनको निधनले सङ्गीत जगत् शोकमा डुबेको छ।

पद्म विभूषणबाट सम्मानित उनी 90 वर्षका थिए। छोरी दुर्गा जसराजले यी प्रसिद्ध गायकको उनको निधन भएको पुष्टि गरेकी छन्।

पण्डित जसराजको जन्म 28 जनवरी 1930-मा भएको थियो। उनका पिता पण्डित मोतीराम मेवाती घरानाका सङ्गीतज्ञ थिए।

दुर्गा जसराजका अनुसार उनका पिताको मृत्यु अमेरिका समयअनुसार बिहान 5:15 बजी भएको हो।

पण्डित जसराजको निधनमा प्रधानमन्त्रीले ट्वीट गरी शोक व्यक्त गरेका छन्।

प्रम मोदीले लेखेका छन्, ‘पण्डित जसराज जीको निधनले भारतीय सांस्कृतिक क्षेत्रमा एउटा रित्तोपन आएको छ। उनको प्रस्तुति मात्र उत्कृष्ट थिएन, तर धेरै अन्य गायकहरूका लागि एक असाधारण गुरुको रूपमा पनि आफ्नो पहिचान बनाए। दुनियाँभरि रहेका उनका प्रशंसक र परिवारप्रति समवेदना। ओम शान्ति।’

प्रम मोदीबाहेक राष्ट्रपति रामनाथ कोविन्दलगायत अन्यले पनि उनको निधनमा शोक व्यक्त गरेका छन्।

यसै वर्षको जनवरी महिनामा आफ्नो 90औं जन्मदिन मनाएका पण्डित जसराजले अन्तिम प्रस्तुति 9 अप्रेलका दिन दिएका थिए।

फेसबुक लाइभमार्फत् गरिएको उनको यो प्रस्तुति वाराणसीको सङ्कटमोचन हनुमान मन्दिरका लागि थियो।

सङ्गीत जगतमा उनको योगदानलाई कदर गर्दै अन्तरराष्ट्रिय खोलीय सङ्घले 2006 मा खोजेको हीन ग्रह 2006 वीपी 32 को नाम पण्डितजसराज राखेको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here