सिक्किममा कोरोना भाइरसका कारण थप एकजनाको मृत्यु

0
962

गान्तोक, 18 अगस्तः सिक्किममा कोरोना भाइरसका कारण थप एकजनाको मृत्यु भएको छ। राज्यमा कोरोनाका कारण मृत्युको यो दोस्रो मामिला हो।

स्वास्थ्य विभागका महानिर्देशक एवं सचिव पेम्पा छिरिङ भोटियाका अनुसार  45 वर्षीय मृतक व्यक्ति बिहारनिवासी हुन्। उनी समरदुङस्थित अल्केम फार्मास्युटिकल कम्पनीमा कार्यरत् थिए भने रम्फूको आईबीएम क्षेत्रमा भाड़ामा बस्दै आएका थिए।

श्वास-प्रश्वासमा समस्या देखिएपछि उनलाई सिङ्ताम जिल्ला अस्पताल लगिरहेको समय बाटोमै मृत्यु भएको बताइएको छ। तत्कालै सिङ्ताम अस्पतालमा रेपिड एन्टिजेन टेस्ट गर्दा रिपोर्ट नेगिटिभ आएको थियो। तर श्वास-प्रश्वासमा समस्याका कारण मृत्यु भएकाले अस्पतालका डाक्टरलाई शङ्का लागेर आरटीपीसीआर नमूना सङ्ग्रह गरी जाँचका लागि एसटीएनएम अस्पताल पठाइएको थियो, जहाँ ती व्यक्तिको आरटीपीसीआर टेस्ट रिपोर्ट पोजिटिभ आएको हो।

स्वास्थ्य विभागका सचिव डा. भोटियाका अनुसार ती व्यक्ति पछिल्लो 18 जुलाईका दिनदेखि ड्युटीमा गएका थिएनन्। छुट्टीमा थिए।

यसैबीच, ती मृतक व्यक्तिको कोरोना टेस्ट पोजिटिभ आएपछि सिङ्ताम अस्पतालको इमर्जेन्सी (आपत्कालीन सेवा)-लाई बन्द गरिएको छ। साथै इमर्जेन्सीलाई ओपीडी-1 मा सारिएको पनि उनले बताएका छन्। यसका साथै ती मृतक व्यक्तिको सम्पर्कमा आउने अस्पतालमा डाक्टर र नर्सहरूलाई होम क्वारेन्टाइनमा पठाइएको छ।

अर्कोतिर राज्यमा आज कोरोना भाइरसका थप 20 नयाँ मामिला प्रकाशमा आएको छ। यी सबै मामिला पूर्व सिक्किमबाट रहेको छ। यसका साथै कुल कोरोना सङ्क्रमित सङ्ख्या 1207 पुगेको छ, जसमध्ये 755 जना स्वस्थ भएर आ-आफ्नो घर फर्किसकेका छन्। अहिले राज्यमा एक्टिभ केस 450 रहेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here