सिक्किममा कोरोना सङ्क्रमित थप एकजनाको मृत्यु

0
1097

गान्तोक, 19 अगस्तः सिक्किममा थप एकजना कोरोना सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ।

स्वास्थ्य विभागका महानिदेशक एवं सचिव डा. पेम्पा छिरिङ भोटियाका अनुसार पेलिङनिवासी 57 वर्षीय व्यक्तिको आज मृत्यु भएको हो।

सचिव डा. भोटियाले बताअनुसार सेलुलाइटिस भएका पेलिङनिवासी एक व्यक्ति पछिल्लो 14 अगस्तका दिन एसटीएनएममा भर्ती भएका थिए। उनको दाहिने खुट्टा पाकेर इन्फेक्शन भएका कारण मल्टिअर्गन डिस्फङ्क्शन भएको थियो।

अर्कोतिर, अस्पतालमा भर्ती भएलगत्तै नियमअनुसार उनको कोरोना टेस्टका लागि स्वाबको नमूना सङ्ग्रह गरी आरटीपीसीआर टेस्टका लागि पठाइएको थियो भने आज बिहान उनको कोरोना रिपोर्ट पोजिटिभ आएको थियो।

यसैबीच, कोरोना टेस्ट रिपोर्ट पोजिटिभ आएको केही घण्टा नबित्दै उनको आजै मृत्यु भएको छ। डा. भोटियाले बताएअनुसार मृतक व्यक्तिको अन्तिम संस्कार कोभिड प्रोटोकलअनुसार अपराह्न 4 बजीपछि गरिनेछ।

यसका साथै सिक्किममा कोरोना भाइरसका कारण मृत्यु हुनेहरूको सङ्ख्या तीन पुगेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here