दार्जीलिङ, 19 अगस्तः दार्जीलिङ जिल्लामा आज कोरोना भाइरसका 88 नयाँ मामिला प्रकाशमा आएको छ, जसमध्ये दार्जीलिङ नगरपालिका क्षेत्रबाट 11 वटा मामिला रहेको छन्।
जिल्लाशासक एस. पोन्नाबलमले आज यसबारे जानकारी दिएका हुन्।
त्यसैगरी खरसाङ नगपालिकाका एकजना, तकदाका एकजना र सुकनाका पाँचजना कोरोना सङ्क्रमित रहेको पुष्टि भएको पनि उनले बताएका छन्।
जिल्लाशासकले दिएको जानकारीका अनुसार दार्जीलिङ जिल्लाभित्र पर्ने सिलगढ़ी नगरनिगमका विभिन्न वार्डका 11 जना, नक्सलबारीका 37 जना, मतिगढ़ाका 15 जना, खोरीबारीका तीनजना र फाँसीदेवाका एकजना कोरोना सङ्क्रमित पाइएका छन्।
यसैगरी, जलपाइगढ़ी जिल्लाभित्र पर्ने सिलगढ़ी नगरनिगमका विभिन्न वार्डका 20 जना कोरोना सङ्क्रमित रहेको पुष्टि भएको पनि जिल्लाशासकले जानकारी दिएका छन्।
जिल्लाशासकका अनुसार आज पाँचजना स्वस्थ भएर अस्पतालबाट छुट्टी पाएका छन्।
अर्कोतिर, उनले अहिलेघरी आरटीपीसीआर टेस्टसँगै जिल्लाभरि रेपिड एन्टिजेन टेस्ट पनि बढ़ी मात्रामा चलिरहेकोले जिल्लाका ब्लक र नगरपालिका क्षेत्रबाट कोरोना भाइरसका केही मामिला प्रकाशमा आउन सक्ने बताएका छन्।