गान्तोक, 21 अगस्तः सिक्किमका स्वास्थ्य मन्त्री डा. एमके शर्मा पनि कोरोना सङ्क्रमित बनेका छन्। यसबारे स्वास्थ्य मन्त्रीले स्वयंले जानकारी गराएका छन्।
कोरोना लक्षण देखिएपछि कोरोना टेस्ट गराउँदा आज रिपोर्ट पोजिटिभ आएको उनले बताएका छन्।
यसका साथै मन्त्री शर्माले अहिले आफू आइसोलेशनमा रहेको छन्। साथै स्वस्थै छन्।
यसका साथै स्वास्थ्य मन्त्री एमके शर्माले कसैलाई आतङ्कित नबनिदिने तथा आफ्नो प्राथमिक सम्पर्कमा आएकाहरूलाई आइसोलेशन बसिदिने तथा कुनै लक्षण देखिएमा कोरोना टेस्ट गरिहाल्ने नभए आउँदो 7 दिनपछि कोरोना टेस्ट गर्ने अपील गरेका छन्।