गान्तोक, 23 अगस्तः सिक्किममा आज थप 22 जना कोरोना सङ्क्रमित पाइएको छ। राज्यको स्वास्थ्य विभागका महानिर्देशक एवं सचिव डा. पेम्पा छिरिङ भोटियाले जानकारी गराएअनुसार आज पाइएका सबै 22 मामिला पूर्व सिक्किमबाट रहेका छन्।
यससँगै राज्यमा कुल कोरोना सङ्क्रमित सङ्ख्या 1403 पुगेको छ।
यी कुल सङ्क्रमित सङ्ख्या 871 जना स्वस्थ भएर घर फर्किसकेका छन्। अहिले सिक्किममा कोरोना भाइरसको सक्रिय मामिला (एक्टिभ केस) 527 रहेको छ।
उल्लेखनीय छ, हिजो राज्यमा कोरोना भाइरसका 45 नयाँ मामिला प्रकाशमा आएको थियो भने 37 जना स्वस्थ भएर आ-आफ्नो घर फर्केका थिए।