गान्तोक, 25 अगस्तः म्याराथन म्यान अमर सुब्बाले आउँदो शिक्षक दिवसका दिन पाँच किलोमिटर दौड़ गर्ने निश्चय गरेका छन्।
5 सेप्टेम्बरको दिनलाई शिक्षकहरूमा समर्पण गर्दै त्यस दिन आफू दौड़िने उनले बताएका छन्।
मुम्बईका कोच राहुल र साइरन्सको प्रायोजनमा धावक अमर सुब्बालाई एम्बासेडर बनाएको छ।
उनले स्थानीय युवाहरूलाई शिक्षकहरूलाई श्रद्धा अर्पण गर्दै दौड़मा भाग लिएर यथासम्भव आफ्नो पक्षबाट योगदान दिने अपील गरेका छन्।
यस दौड़मा उनीसँगै दार्जीलिङ ,कालेबुङ, सिक्किमलगायत अन्य स्थानका धावकहरूले पनि सहभागी जनाउने बताएका छन्।
धावकहरूको मोबाइलमा स्ट्राभा एप्स डाउनलोड गरेपछि कति किलोमिटर दौड़ गरिएको छ, यसको सही परिणाम आउने उनले बताएका छन्।
यस कार्यक्रमको अर्को उद्देश्य स्वास्थ्यमाथि सचेतना पनि रहेको छ। अमर सुब्बा 52 वर्ष पुगे तापनि दौड़ प्रतियोगिताहरूमा भने निरन्तर भाग लिइरहेका छन्।