सुकेपोखरीनिवासी कोरोना सङ्क्रमित युवकको मृत्यु

0
1048

सिलगढ़ी, 26 अगस्तः सुकेपोखरी बजारनिवासी कोरोना सङ्क्रमित युवकको उपचाररत् अवस्थामा डा. च्याङ कोभिड अस्पतालमा मृत्यु भएको छ।

अस्पताल सूत्रका अनुसार उनको आज बिहान करिब 7.15 बजे मृत्यु भएको हो।

केही दिनदेखि अस्वस्थ देखिएका यी युवकको हिजो रेपिड एन्टिजेन टेस्ट गर्दा कोरोना टेस्ट पोजिटिभ आएको कारण सुकेपोखरी अस्पतालबाट उपचारका लागि डा. च्याङ कोभिड अस्पताल पठाइएको थियो, तर आज बिहानै उपचाराधीन अवस्थामा उनको दुःखद मृत्यु भएको छ।

जानकारीका अनुसार हिजै उनको अवस्था गम्भीर रहेको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here