गान्तोक, 27 अगस्तः सिक्किममा आज (बिहीबार) कोरोना सङ्क्रमणका 56 नयाँ मामिला थपिएको छ भने 75 जना स्वस्थ भएर आ-आफ्नो घर फर्केका छन्।
आज थपिएका 56 मामिलामध्ये पूर्व सिक्किमबाट 51 र दक्षिण सिक्किमबाट 5 रहेका छन्। यसका साथै राज्यमा कुल कोरोना सङ्क्रमित सङ्ख्या 1542 पुगेको छ।
अर्कोतिर, आज एकै दिन 75 जना निको भएर घर फर्केपछि राज्यमा स्वस्थ हुनेहरूको सङ्ख्या बढ़ेर 1151 पुगेको छ।
अहिले राज्यमा कोरोनाको एक्टिभ केस (सक्रिय मामिला) 388 रहेको छ।