नयाँ दिल्ली, 30 अगस्तः 30 सेप्टेम्बरसम्म प्रभावी रहनेगरी केन्द्र सरकारले अनलक-4 को गाइडलाइन्स जारी गरेको छ।
गाइडलाइन्सका अनुसार अनलक-4 अवधि मेट्रो रेल चलाउने अनुमति दिइएको छ। आउँदो 7 सेप्टेम्बरदेखि मेट्रो रेल चल्नेछ। यद्यपि शैक्षिक संस्थानहरू भने 30 सेप्टेम्बरसम्म बन्द रहनेछन्।
यसैगरी सिनेमा घर, स्विमिङ पुल र अन्तर्राष्ट्रिय हवाई उड़ान (केही विशेष मामिलालाई छोड़ेर) बन्दै रहनेछ।
गृह मन्त्रालयद्वारा अनलक-4 को गाइडलाइन्सअनुसार 21 सेप्टेम्बरदेखि सामाजिक, शैक्षणिक, खेल, मनोरञ्जन, सांस्कृतिक, धार्मिक, राजनीतिकसमेत अन्य आयोजनाहरूका लागि ‘ग्रीन सिग्नल’ प्राप्त हुनेछ।
ठूलो कुरा छ भने एक स्थानमा कुनै आयोजनका लागि एक सय मानिस मात्र भेला हुन पाउनेछन्।
अनलक-4 को गाइडलाइन्सका अनुसार राज्य र केन्द्रशासित प्रदर्शहरूसँग विचार विमर्शपछि स्कूल, कलेजसमेत सबै शैक्षणिक संस्थानहरूमा पठन पाठन 30 सेप्टेम्बरसम्म बन्द राख्ने फैसला लिइएको छ।
यसअवधि अनलाइन क्लासलाई जारी राख्न भनिएको छ। साथै यसलाई बढ़ावा दिनुपर्ने बताइएको छ।
जुन छुटहरू दिइएको छ, त्यो कन्टेनमेन्ट जोनलाई छोड़ेर अन्य ठाउँहरूका लागि हो।
गाइडलाइन्सका अनुसार अनुसार राज्य र केन्द्रशासित प्रदेशहरूले अनलाइन टिचिङ र टेली काउन्सिलिङका लागि 50 प्रतिशत टिचिङ र ननटिचिङ स्टफलाई स्कूल-कलेजमा बोलाउन सक्नेछन्।
कन्टेनमेन्ट जोनलाई छोड़ेर अन्य स्थानमा नवौंदेखि बाह्रौं श्रेणीसम्म विद्यार्थीहरू शिक्षकहरूलाई भेट्नका लागि स्कूल जान सक्नेछन्। तर यसका लागि उनीहरूले आमा-बाबा या अभिभावकको लिखित सहमति लिन पर्नेछ।
अर्कोतिर गाइडलाइन्सका अनुसार एक राज्यदेखि अर्को राज्य र राज्यभित्र सामान र मानिसहरूको आवागमनमाथि कुनै प्रतिबन्ध रहनेछैन। यसका लागि छुट्टै अनुमति/स्वीकृति/ ई-परमिटको आवश्यकता पर्नेछैन।