दुबई, २८ जनवरी : आईसीसीले टीम इण्डियाका अलराउण्डर अम्बाती रायडुको बलिङलाई निलम्बित गरेको छ। पछिल्लो अस्ट्रेलिया भ्रमणमा टीम इण्डियाका यी पार्ट टाइम बलरको बलिङ एक्शनलाई सन्दिग्ध पाइएको थियो।
रायडुले पहिलो वानडेमा बलिङ गरेका थिए। यो वानडेमा उनको बलिङ एक्शनलाई सन्दिग्ध पाइएपछि उनले आफ्नो बलिङ एक्शनको टेस्ट दिएका थिए। यो टेस्टको रिपोर्ट आएपछि आईसीसीले उनको बलिङलाई अन्तरराष्ट्रिय क्रिकेटमा निलम्बन गरेको छ।
आईसीसीले रायडुमाथि ४.२ नियमका अनुसार तत्काल प्रभावबाट उनको बलिङमाथि प्रतिबन्ध लगाएको छ। यद्यपि उनले बीसीसीआईको सहमतिमा घरेलु क्रिकेटमा बलिङ गर्नसक्नेछन्।