सिक्किममा कोरोना सङ्क्रमित थप एकजनाको मृत्यु

0
1028

गान्तोक, 3 सेप्टेम्बरः सिक्किममा कोरोनाका कारण थप एकजनाको मृत्यु भएको छ। जानकारीका अनुसार मृतक गान्तोकनिवासी हुन्। उनको उमेर 65 वर्ष बताइएको छ।
केही दिनअघि कोरोना सङ्क्रमित रहेको पुष्टि भएपछि यी व्यक्तिलाई उपचारका लागि एसटीएनएम अस्पतालमा भर्ना गरिएको थियो भने आज उपचाररत् अवस्थामा उनको मृत्यु भएको हो।

जानकारीका अनुसार यी व्यक्ति अन्य बिमारीहरूले ग्रसित थिए। यससँगै सिक्किममा कोरोना भाइरसका कारण मृत्यु हुनेहरूका सङ्ख्या 5 पुगेको छ।
उल्लेखनीय छ, बुधबार बेलुकीसम्म राज्यमा कुल सङ्क्रमित सङ्ख्या 1704 पुगेको थियो, जसमध्ये 1260 जना स्वस्थ भएर आ-आफ्नो घर फर्किसकेका छन्।
अहिले राज्यमा कुल एक्टिभ केस 431 रहेको छ। हिजो राज्यमा 34 नयाँ मामिला प्रकाशमा आएको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here