सिक्किममा एकैदिनमा थपिए 105 कोरोना सङ्क्रमित मामिला

0
1706

गान्तोक, 4 सेप्टेम्बरः सिक्किममा कोरोना भाइरसको सङ्क्रमण थामिनुको सट्टा लगातार बढ़्दै गइरहेको छ।

आज एकैदिनमा 105 मामिला प्रकाशमा आएको छ। यससँगै राज्यमा कोरोना भाइरसको एक्टिभ मामिला बढ़ेर 509 पुगेको छ।

अर्कोतिर आज अस्पताल अनि कोभिड केयर सेन्टरबाट स्वस्थ भएर 16 जना घर फर्केका छन्, जसको फलस्वरूप कोरोनाबाट निको भएर घर फर्किनेहरूका कुल सङ्ख्या 1320 पुगेको छ।

आज राज्यमा पाइएका 105 मामिलामध्ये पूर्व सिक्किमबाट 76, दक्षिण सिक्किमबाट 1 अनि पश्चिम सिक्किमबाट 28 रहेका छन्।

यसैबीच, आज राजधानी गान्तोकको लाल बजार र यसका वरपरबाट 25 वटा नयाँ पोजीटिभ मामिला आएको छ।

लाल बजारलाई जिल्ला प्रशासनले कन्टेन गरी गान्तोकका महकुमा अधिकारी रवीन सेवालाई इन्सिडेन्ट कमाण्डर बनाइएको छ।

जिल्ला प्रशासनले स्थानीयवासीलाई प्रशासनबाट अघिल्लो आदेश जारी नभइञ्जेल आ-आफ्नो घरमा क्वारेन्टाइन बसेर सुरक्षित रहन अपील गरेको छ।

प्रशासनले आतिनुपर्ने कुनै स्थिति नभएको दावी गर्दै सरकारद्वारा जारी गरिएको दिशानिर्देशलाई पालन गरिदिन जनसाधारणलाई आग्रह गरेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here