कोलकाता, 28 जनवरी : लोकसभा चुनाउअघि तृणमूल कङ्ग्रेसलाई ठूलो झट्का लागेको छ। कङ्ग्रेसकी लोकसभा सांसद मौसम नूर सोमबार तृणमूल कङ्ग्रेसमा सामेल भइन्।
राज्यकी मुख्यमन्त्री एवं तृणमूल कङ्ग्रेस सुप्रिमो ममता ब्यानर्जीको उपस्थितिमा उनी तृणमूल कङ्ग्रेसमा सामेल भएकी हुन्। उनी उत्तरी मालदाकी सांसद हुन्।
नूर मालदाका नौपटकका कङ्ग्रेस सांसद एवं पूर्व रेल मन्त्री स्व. अब्दुल गनी खान चौधरीकी भतिजी हुन्।
मालदालाई कङ्ग्रेसको गढ़ मानिनेछ। यसैले पनि नूरको तृणमूल प्रवेशलाई कङ्ग्रेसका लागि ठूलो झट्का मानिँदैछ।