एसटीएनएमका कर्मचारी कोरोना सङ्क्रमितः 48 घण्टासम्म जाँच प्रयोगशाला र हृदय विभाग बन्द

0
1044

गान्तोक, 5 सेप्टेम्बरः राज्यको सबैभन्दा ठूलो सरकारी अस्पताल एसटीएनएममा कार्यरत् एकजना कर्मचारीको शरीरमा कोरोनाको सङ्क्रमण भेटिएपछि तथा अस्पतालको प्याथोलजी, बायोकेमेस्ट्री र कार्डीयोलजी विभागमा कार्यरत् कर्मचारीहरूमा पनि यसको लक्षण देखिएपछि यी सबै विभाग अघिल्लो 48 घण्टासम्मलाई बन्द गरिएको छ।

यी विभागहरूलाई सेनिटाइज गरी 48 घण्टाका लागि कन्टेन गरिएको अस्पतालद्वारा जानकारी गराइएको छ। त्यतिञ्जेल अस्पतालका कर्मचारीहरूलाई सामान्य या आपत्कालीन जाँचहरू निजी प्रयोगशालाहरूमा पठाउन निर्देश गरिएको छ।

अहिलेलाई हृदयरोग विभागमा नयाँ रोगीलाई भर्ना गर्न नसकिने अनि कुनै गम्भीर रोगी आएको खण्डमा 48 घण्टाका लागि टीआईसीयू वार्डलाई प्रयोगमा ल्याउन सकिने अस्पतालपक्षले जनाएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here