पश्चिम सिक्किममा वर्षाको ताण्डवः याङ्तेमा भलपैह्रोले पुऱ्यो घर, पशुधन र खेतबारी

0
987

गान्तोक, 7 सेप्टेम्बरः हिजो रातिको मुसलधारे वर्षाले पश्चिम सिक्किमका विभिन्न ठाउँमा व्यापक क्षति पुऱ्याएको छ।

प्राप्त जानकारीअनुसार याङ्थाङ समष्टिको लोअर याङ्तेमा भलपैह्रोले एक हल गोरु, घर र खेतबारी सबै पुरेको छ।

लोअर याङ्तेका 9 परिवारलाई आज पैह्रो प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको छ।

गेजिङका ग्राम विकास अधिकारी मुकेश दाहाल,  जिल्ला पञ्चायत सदस्य रोशन खतिवडा र  स्थानीय पञ्चायतले स्थलगत भ्रमण गरी क्षतिपूर्तिको आंकलन गरेको छ। यसैगरी  योक्सम-टाशिडिङ समष्टिअन्तर्गत् लोअर लासोमा पनि दुई परिवारलाई भलपैह्रोले बिल्लीबाठ पारेपछि सुरक्षित स्थानमा सारिएको छ।

लबिङ गेरेथाङ जीपीयूको लुङजी तामाताम गाउँमा पनि भलपैह्रोले जनजीवन प्रभावित बनेको छ। पश्चिम जिल्लामा हाल सड़क सम्पर्क विच्छेद भएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here