गान्तोक, 7 सेप्टेम्बरः सिक्किममा आज थप 29 जना कोरोना सङ्क्रमित पाइएका छन्। सङ्क्रमित पाइएकाहरूमध्ये पूर्व जिल्लाबाट 18 र पश्चिम जिल्लाबाट 11 जना रहेका छन्।
यससँगै राज्यमा कुल कोरोना सङ्क्रमित सङ्ख्या 1939 पुगेको छ, जसमध्ये 1396 कोरोनामुक्त भई आ-आफ्नो घर फर्केका छन्।
अर्कोतिर, अहिले राज्यमा एक्टिभ केस 538 रहेको छ।
यसैबीच, पूर्व जिल्ला प्रशासनले आज एकैसाथ 7 वटा विभिन्न स्थानलाई कन्टेनमेन्ट जोन घोषित गरेको छ।
आज घोषित कन्टेनमेन्ट जोनहरूको सूचीमा परेको आवासीय बिल्डिङहरूमा रम्फू आईबीएम क्षेत्रस्थित इन्द्रमणि अधिकारीको बिल्डिङ, धमला कलोनी सिङ्ताममा मोहनको बिल्डिङ, साङखोला 14 माइलस्थित मनबहादुर राई, किङ्सटोन रिनाकका डी.पी. निरौला र डी.बी. गुरुङको बिल्डिङ, र अप्पर तारपिन रिनाकका रेणुका भण्डारीको बिल्डिङ रहेको छ।
यी विभिन्न क्षेत्रका इन्सिडेन्ट कमाण्डरहरूमा रम्फूका महकुमा अधिकारी हिम्मत राई, डुगाका बीडीओ आई.बी. छेत्री, मार्तामका बी.डी.ओ. सोनाम पाल्देन भोटिया, र रिनाकका बीडीओ राम गुरुङ रहेका छन्।