नयाँ दिल्ली, 8 सेप्टेम्बरः पूर्वी लद्दाख सेक्टरस्थित वास्तविक नियन्त्रण रेखा (एलएसी) –मा भारत र चीनका सैनिकहरूबीच गोली हानहान भएको घटना प्रकाशमा आएको छ।
यद्यपि यसबारेमा विस्तृत खबर आउन बाँकी छ। पूर्वी लद्दाख सेक्टरमा पछिल्ला तीन महिनादेखि चीन र भारतबीच धेरै तनाउपूर्ण स्थिति छ।
चीनको सरकारी मिडिया ग्लोबल टाइम्सको दावीका अनुसार भारतीय सैनिकहरूले सोमवार प्याङ्गोङ्ग त्सोको दक्षिणी किनारमा अनुप्रवेश गर्ने कोशिश गरे।
यसअवधि जब चीनका सेनाको पेट्रोलिङ पार्टी भारतीय जवानहरूसँग कुराकानी गर्नका लागि अघि बढ़्यो, तब भारतीय सेनाले ‘वार्निङ शट’ फायर गरेको ग्लोबल टाइम्सको दावी छ।
चिनियाँ सेनाका प्रवक्ताले स्थितिलाई नियन्त्रणलाई ल्याउनका लागि चिनका सैनिकहरू जवाबी कारबाही गर्न बाध्य बनेको बताएका छन्।
यद्यपि भारतको तर्फबाट यस घटनालाई लिएर अहिलेसम्म कुनै प्रतिक्रिया व्यक्त गरेको छैन। तथापि यो घटनापछि भारत-चीनबीच थप तनाउ बढ़्ने स्पष्ट छ।