कालेबुङनिवासी कोरोना सङ्क्रमित महिलाको मृत्यु

0
1012

कालेबुङ, 11 सेप्टेम्बरः आज कोरोना सङ्क्रमित एक महिलाको मृत्यु भएको छ। मृतक महिला ठाकुरबाड़ीनिवासी रहेको बताइएको छ। उनको उमेर 50 वर्ष बताइएको छ।

जानकारीका अनुसार केही दिन अघिदेखि अस्वस्थ बनेकी ती महिला आज कालेबुङ जिल्ला अस्पतालमा स्वास्थ्य जाँच गराउन गएकी थिइन्।

त्यहाँ उनको रेपिड एन्टिजेन टेस्ट गर्दा टेस्ट रिपोर्ट पोजिटिभ आएपछि स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर सिलगढ़ी रेफर गरिएको थियो। तर, सिलगढ़ी कोभिड अस्पतालमा भर्ना गर्नका लागि लगिरहेको समय बाटोमै उनको मृत्यु भएको बताइएको छ।

शवलाई कोभिड प्रोटोकलअनुसार सरकारी रूपमा अन्तिम संस्कार गरिनेछ।

अर्कोतिर, आज कालेबुङमा रेपिड एन्टिजेन टेस्टमा तीनजना कोरोना सङ्क्रमित पाइएको बताइएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here