आप्पा राजेन विनयपन्थी मोर्चामा सामेल

0
985

दार्जीलिङ, 12 सेप्टेम्बरः केही दिनअघि तृणमूल कङ्ग्रेस त्यागेका राजेन तामाङ उर्फ आप्पा राजेन विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) –मा सामेल भएका छन्।

आज तकभर चौथो विभागस्थित सार्वजनिक भवनमा सम्पन्न एक कार्यक्रमबीच उनी विनयपन्थी मोर्चामा सामेल भएका हुन्।

उनले 5 सेप्टेम्बरका दिन तृणमूल कङ्ग्रेसबाट राजीनामा दिएका थिए। राजेन तामाङ हिल तृणमूलस कङ्ग्रेसको उपाध्यक्ष पदमा थिए।

उपाध्यक्ष पदमा बसेर पनि पार्टीमार्फत् जनताका लागि कुनै कार्य गर्न नसकेकाले तृणमूल कङ्ग्रेसबाट राजीनामा दिने निर्णय गरेको त्यस समय उनले खुलाएका थिए। अर्कोतिर, आज उनीसँगै 30 घर गोरामुमो समर्थक पनि पार्टी त्यागेर विनयपन्थी गोजमुमोमा सामेल भएको बताइएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here