कोरोना भाइरसका कारण सिक्किममा स्वास्थ्यकर्मीको मृत्यु

0
875

गान्तोक, 18 सेप्टेम्बरः  सिक्किममा कोरोना भाइरसका कारण एसिस्टेन्ट नर्सिङ सुपरिडेन्डेन्टको मृत्यु भएको छ।

तादोङनिवासी 49 वर्षीय केही दिन अघिदेखि कोरोना सङ्क्रमित बनेपछि उनी एसटीएनएम अस्पतालमा उपचाराधीन थिइन् भने आज बिहान मृत्यु भएको बताइएको छ।

जानकारीका अनुसार उनी एसटीएनएममा पोस्टिङ थिइन्।  

यसका साथै राज्यमा कोरोना भाइरसका कारण पहिलोपटक स्वास्थ्यकर्मीको मृत्यु भएको हो।

अर्कोतिर, राज्यमा कोरोना भाइरसका कारण मृत्यु हुनेहरूका कुल सङ्ख्या 24 पुगेको छ। हिजै मात्र सिक्किममा कोरोना भाइरसका कारण 4 जनाको मृत्यु भएको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here