सिक्किमका तीन मन्त्री र दुई विधायक कोरोना सङ्क्रमित

0
988

गान्तोक, 19 सेप्टेम्बरः सिक्किमका तीन मन्त्री र दुई विधायक पनि कोरोना सङ्क्रमित बनेका छन्।

राज्यको स्वास्थ्य विभागका महानिर्देशक एवं सचिव डा. पेम्पा छिरिङ भोटियाले दिएका जानकारीका अनुसार मन्त्रीत्रय एलएन शर्मा, कर्मा लोडे भोटिया र एमएन शेर्पा तथा विधायकद्वय टीटी भोटिया र फरवन्ती तामाङ कोरोना सङ्क्रमित रहेको पाइएको छ।

हिजो सिक्किम विधानसभाका सदस्य एवं कर्मचारीहरूको कोरोना टेस्ट गर्दा उनीहरू पाँचजनाको टेस्ट रिपोर्ट पोजिटिभ आएको हो।

मुख्यमन्त्रीलगायत अन्यको टेस्ट रिपोर्ट भने नेगिटिभ आएको छ। स्वास्थ्य विभागका सचिव डा. भोटियाका अनुसार एसिम्प्टोमेटिक रहेकाले उनीहरू पाँचैजनालाई होम आइसोलेशनमा बस्ने परामर्श दिइएको छ।

स्मरण रहोस्, पछिल्ला केही महिनायता सिक्किममा कोरोना संक्रमणको मामिला प्रतिदिन बढ़िरहेको छ।

हिजोका दिनसम्म सिक्किममा कुल 2 हजार 3 सय 03 जना कोरोना संक्रमित रहेका थिए, जसमध्ये 1 हजार 8 सय 57 जना स्वास्थ्य बनिसकेका छन्। त्यसैगरी हिजोसम्म राज्यमा एक्टिभ केस 422 रहेको थियो। सिक्किममा कोरोना भाइरसका कारण अहिलेसम्म कुल 25 जनाले ज्यान गुमाइसकेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here