नड्डासँग बिष्ट र बारलाको भेटवार्ताः मुद्दा समाधानमा दोहोरियो आश्वासन

0
972

दार्जीलिङ, 19 सेप्टेम्बरः  दार्जीलिङका सांसद राजु बिष्ट र अलिपुरद्वारका सांसद जोन बारलाले आज (शनिबार) भारतीय जनता पार्टी (भाजपा)-का राष्ट्रिय अध्यक्ष जे.पी. नड्डालाई भेट गरी भाजपाले आफ्नो सङ्कल्प-पत्रमा जताइएको प्रतिबद्धता पूरा गर्नमा ढिल्याइ गरिरहेको कुराबारे अवगत गराएका छन्।

नड्डासँगको भेटवार्ताअवधि सांसदद्वयले दार्जीलिङ पहाड़, तराई अनि डुवर्सका मुद्दाहरूको समाधानमा ढिल्याइबारे चर्चा गरेका थिए।

सांसद राजु बिष्टले बताएअनुसार उनले भेटवार्ताअवधि भाजपाका राष्ट्रिय अध्यक्षलाई स्थायी राजनीतिक समाधान, गोर्खा समुदायका 11 जातगोष्ठीलाई जनजातिका मान्यतालगायत दार्जीलिङ पहाड़मा पुलिसको अन्याय-अत्याचारबारे अवगत गराएका थिए।

पुलिसी अत्याचारकै कारण क्षेत्रका हजारौँ युवा आफ्ना घर-परिवार टाढ़ा बस्न परिरहेका तथा कतिजना आफ्ना आमा-बाबाको अन्तिम संस्कारसमेत सामेल हुन नपाइरहेको जानकारी गराए।

यसअवधि नड्डाले भाजपा सङ्कल्प-पत्रमा उल्लिखित वाचा पूरा गर्ने दिशामा काम भइरहेको बताउँदै गृहमन्त्री ‘मेडिकल लिभ’-मा रहेकाले यो प्रक्रिया सुस्त भएको बताए। तर अब चाँड़ै यो प्रक्रियामा प्रगति हुने आश्वासन दिएको पनि बिष्टले बताएका छन्।

यसका साथै उनले दार्जीलिङ पहाड़वासीका सपना र मागहरू चाँड़ै पूरा हुने आशा गरेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here