सांसद सुब्बाले केन्द्रिय मन्त्री डा. हर्षवर्धनसमक्ष चढ़ाए माग पत्र

0
1013

गान्तोक, 20 सेप्टेम्बरः सिक्किमका लोकसभा सांसद इन्द्रहाङ सुब्बाले आज केन्द्रिय स्वास्थ्य एवम् परिवार कल्याण अनि विज्ञान एवम् प्रौद्योगिकी मन्त्री डा. हर्षवर्धनलाई उनको कार्यलयमा भेट गरे।

भेटअवधि उनले सिक्किम विश्वविद्यालय र राज्यका अन्य शिक्षण संस्थानहरूलाई नेशनल मिशन अन् क्वान्टम टेक्नोलजी एण्ड एप्लिकेशनअन्तर्गत्  अनुसन्धान अनुदान उपलब्ध गराउन आग्रहसहित एउटा माग-पत्र चढ़ाए।

नेशनल मिशन अन् क्वान्टम टेक्नोलजी एण्ड एप्लिकेशनअन्तर्गत् भारत सरकारले 8 हजार करोड़ धनराशि छुट्याएको छ।

सांसद सुब्बाले सिक्किम आफै एक स्वच्छ, सफा र शान्तिप्रिय राज्य रहेकाले विभिन्न विषयमा अनुसन्धान गर्नका लागि यो असल र सही ठाउँ बन्नसक्ने प्रशस्त सम्भावना रहेको दाबी गरे।

आर्थिक क्षेत्रमा धेरै कठिनाइ हुँदाहुँदै पनि विभिन्न क्षेत्रमा अनुसन्धान भइरहेको उनले अवगत गराए।

केन्द्रिय मन्त्रीले उनको कुरा सुनेपछि सिक्किमलाई सहयोग पुऱ्याउने आश्वासन दिएका छन्।

सांसद सुब्बाले केन्द्रिय मन्त्रीलाई सिक्किमको थाँतीमा रहेका मागहरू सीट आरक्षण र छुटेका समुदायलाई जनजातिको दर्जाबारे पनि केन्द्रिय मन्त्रीको ध्यानार्षण गराए।

यसबारे केन्द्रिय मन्त्रीले सम्बन्धित मन्त्रालयलाई पत्राचार गर्ने साथै जनताको पक्षबाट चढाइएको माग-पत्र पनि अगाड़ि बढ़ाइदिने आश्वासन दिएको एसकेएम प्रचार महासचिव रञ्जना प्रधानद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here