दार्जीलिङ, 21 सेप्टेम्बरः वरिष्ठ गायिका/सङ्गीतकार शान्ति ठटाललाई यस वर्षको जगदम्बा श्री पुरस्कार प्रदान गर्ने निर्णय मदन पुरस्कार गुठीले गरेको छ।
मदन पुरस्कार गुठी काठमाडौँद्वारा प्रदान गरिने जगदम्बाश्री पुरस्कार एक प्रतिष्ठित पुरस्कार हो।
हिजो बसेको गुठीको बैठकमा दार्जीलिङकी लिजेण्डरी गायिका/सङ्गीतकार शान्ति ठटाललाई यो प्रतिष्ठित पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो।
उनी पछिल्लो 6 दशकदेखि नेपाली गीत/सङ्गीत क्षेत्रमा सक्रिय छन्।
मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले हिजै एक प्रेस विज्ञप्ति जारी गरी भनेका छन्, ‘आइतबार बसेको मदन पुरस्कार गुठीको साधारण सभाले गत ६ दशकदेखि नेपाली गीत-सङ्गीत क्षेत्रको उन्नयनमा विशिष्ट योगदान पुऱ्याएकाले शान्ति ठटाललाई वर्ष २०७६ सालको जगदम्बा-श्री अर्पण गर्ने निर्णय गऱ्यो।’